दश प्रश्न

कोही अनसन बसेको भरमा राज्य चल्ने हो भने समाज कता जाला ?

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०७५, १४ : ५६
कोही अनसन बसेको भरमा राज्य चल्ने हो भने समाज कता जाला ?

काठमाडौँ । आफूलाई विधिको शासन र लोकतन्त्रको ठेकेदार ठान्नेहरु नै अहिले केही झिनामसिना विषयलाई उचालेर सरकारविरुद्ध विष वमन गरिरहेका छन् । त्यसको माध्यम बनेका छन् – डा. गोविन्द के.सी. ।
सार्वभौम संसदको दुईतिहाई जनमतलाई बेवास्ता गरेर एउटा व्यक्तिको हठलाई महत्व दिनु निकै लज्जास्पद कुरा हो । सारा विधि र कानुनी शासनका मूल्य मान्यताहरुलाई तिलाञ्जली दिएर कोही अनसन बसेको भरमा राज्य चल्ने हो भने भोलि हाम्रो समाज कता जाला ?
देशको चिकित्सा व्यवस्था कसरी सञ्चालन गर्ने भन्ने कुरा कोही व्यक्तिको जिद्धीलाई मानेर गर्ने हो ? यो त सरकारको दायित्व र जिम्मेवारीको कुरा होइन र ? डा. गोविन्द के.सी.लाई अनसन बस्न जुम्ला पठाउनेहरुले यो कुरा नबुझेको हो कि बुझ पचाएको हो ? गोविन्द के.सी.लाई मात्र उनीहरु किन बलिको बोको बनाउ“छन् ? उनीहरु आफै किन अनसन बस्न चाह“दैनन् ?
डा. गोविन्द के.सी. त सरकारको दानापानी खाइरहेका कर्मचारी हुन् । उनलाई आफ्नो जिम्मेवारी छोडेर अनशन बस्ने अधिकार कहाँबाट आयो ? यो छुट अरुलाई छैन ? अरु कसैले पनि यस्तै दुस्साहस ग¥यो भने के गर्ने ? एउटा चिकित्सकले विद्यार्थीहरुलाई प्ले कार्ड बोक्न र हड्ताल गर्न सिकाउने हो ?

 

प्रतिक्रिया दिनुहोस