काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।
‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन। ’सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ ।नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने