काठमाडौं। सोमबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँकायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?