मध्य म्यान्माकाे आँधीमा परी छ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, १६ : २९
मध्य म्यान्माकाे आँधीमा परी छ जनाको मृत्यु

याङ्गुन। मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ । उक्त आँधीमा एक सय भन्दा बढी मानिसहरु घाइते भएका छन् ।म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ ।

आँधीमा परी दुई जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका हुन् । घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।आँधीले दुई सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस