साँखुमा एकैचोटि चार वटा टिपर ठोक्किए, एकजना घाइते

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, १४ : १९
साँखुमा एकैचोटि चार वटा टिपर ठोक्किए, एकजना घाइते

काठमाडौं।काठमाडौंको साँखुमा चार वटा टिपर ठोक्किएका छन्। शनिबार बिहान सवा ५ बजे साँखु-लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७, बा ५ ख ४५७० र ना ८ ख २९१९ नम्बरको टिपर दुर्घटनामा परेको हो। चारैवटा टिपर एकै दिशामा जाँदै थिए।

दुर्घटना हुँदा बा ५ ख ४५७० नम्बरको टिपरका चालक च्यापिएका थिए। उनको उद्धार गरी साँखुस्थित पुपल्स लाइफ केयर हस्पिटलमा लगिएको थियो। उनको दुबै खुट्टामा चोट भएको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।

प्रतिक्रिया दिनुहोस