भक्तपुरमा लागुपदार्थ सेवन गरी सवारी चलाउने तिन जना चालक प्रहरीको नियन्त्रणमा

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, १० : ३१
भक्तपुरमा लागुपदार्थ सेवन गरी सवारी चलाउने तिन जना चालक प्रहरीको नियन्त्रणमा

भक्तपुर । भक्तपुरको जगातीमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार बेलुकी २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो  । 

बा २ क ६३४५ नम्बरको टिपरका चालक स्याङ्जाको गल्याङ नगरपालिका ९ का २९ वर्षीय कुसुम थापा, बा २ क ६३ ४४ नम्बरको टिपरका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ भुस्कोटका २८ वर्षीय तारा बहादुर तामाङ र ना २८ प ६३३३  नम्बरको मोटरसाइकलका चालक काठमाडौँको तार्केश्‍वर नगरपालिका ५ गोलढुंगा बस्ने ३० वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।लागुऔषध सेवन गरी सवारी साधन चलाइहरेको अवस्थामा फेला परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस