एसीसी मेन्स प्रिमियर कप क्रिकेट : ओमानमाथि नेपालको कीर्तिमानी जित

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १९ : ४९
एसीसी मेन्स प्रिमियर कप क्रिकेट : ओमानमाथि नेपालको कीर्तिमानी जित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि दिएको ३११ रनको लक्ष्य ओमानले पूरा गर्न सकेन ।

जितका लागि लक्ष्य पछ्याए पनि ओमान नेपालसँग ८४ रननले पराजित भयो । ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक–एक विकेट लिए ।

यसअघि र्कीतिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतकीय पारी खेले । कूल ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा १०८ रन बनाए ।

प्रतिक्रिया दिनुहोस