तीन दिन भित्र शीतल निवास र सिंहदबारको फोहोर उठाउन सर्वोच्चको अन्तरिम आदेश

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १६ : ४३
तीन दिन भित्र शीतल निवास र सिंहदबारको फोहोर उठाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदाललते काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।अधिवक्ता पदमबहादुर श्रेष्ठले राष्ट्रपति कार्यालय र सिंहदबारको फोहोर नउठाउने भनी महानगरपालिका मेयर बालेन शाहको निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनयता सिंहदरबारको फोहोर उठाउन बन्द गरेका थिए।

प्रतिक्रिया दिनुहोस