सरकारी अब्बल भएपछि बर्दिवासमा नीजी स्कुल छाडने बढे

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १४ : १०
सरकारी अब्बल भएपछि बर्दिवासमा नीजी स्कुल छाडने बढे

महोत्तरी । विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिए गाडी रोकेर हैन, निजि विद्यालय छाडेर आफै सामुदायिक विद्यालय आउछन भन्ने उनकै वडाको एउटा सामुदायिक विद्यालयले प्रमाणित गरेको छ । वडा न.३ मा रहेको जनता माध्यामिक विद्यालय गौरिडाडामा वरपरका मात्र हैन ३ जिल्लाका विद्यार्थीहरुको आकर्षण गन्तव्य यतिवेला यही विद्यालय वनेको छ ।`धनुषा, सर्लाही, सिन्धुलीका विद्यार्थीहरुको हाम्रो विद्यालयमा निक्कै चाप छ,´ विद्यालयका प्रधानध्यापक दिपकराज वरालले भने । ` ६ देखि ९ सम्म ३०० जना र १ देखि ५ सम्म झण्डै २५० जनाले प्रवेश परीक्षा पास गरिसकेका छन ।´व्यवस्थापन समितिको निर्णय अनुसार एउटा कक्षामा ५५ जनामात्र पढाउने निर्णय भए तापनी त्यो संख्या वढन सक्ने विद्यालयको अनुमान छ । अहिले प्रायः कक्षाहरुको २ वटासम्म सेक्सन छुट्याइएको छ ।

जनता माध्यामिक विद्यालयमा नै आफ्ना बोर्डिङ्ग पढीरहेका छोरीहरुले वल्ल नाम निकालेको भन्दै बर्दिबास-७ का विजय यादवले  खुसी ब्यक्त गरे ।`यहाँ पढाउन त निक्कै कष्ट पो गर्नुपर्छ ।´ उन्ले भने ।विद्यार्थी भर्नाको यति चाप छ कि विद्यालयले कोटा निर्धारण गरेभन्दा प्रवेश परीक्षा दिनेहरु चौव्वर वनेको विद्यालय प्रशासनले जनाएको छ ।जनजागृती माध्यमिक विद्यालयलाई लक्षित गरि विद्यार्थी वढाउने अभियान अन्तर्गत अध्यक्ष विराट बिष्टले निजि विद्यालयका गाडीहरु प्रवेशमा गरेको निषेध आफैमा गलत हो भन्ने उन्कै वरपर रहेका विद्यालयले प्रमाणित गरिदिएका छन ।यो विद्यालयवाट ४ किलोमीटर मात्र दुरीमा रहेको  विद्यालयमा सोही गाउँका विद्यार्थी पनि वाक्लै भर्ना हुन आएको विद्यालय प्रशासनको भनाइ छ ।विद्यार्थी तथा अभिभावकको आकर्षणलाई वढाउन गाडी रोक्ने जस्तो गैरजिम्मेवार निर्णय हैन, जनप्रतिनिधिहरुले गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले सुझाव दिए ।

जनप्रतिनिधिहरुलाइ जिम्मेवारीवोध गराउनसक्ने  जनता माध्यामिक विद्यालय मात्र एक्लो उदाहरण भने हैन बर्दिबासमा नै अन्य धेरै  सामुदायिक विद्यालयले पनि फडको मारेका छन ।बर्दिबास कै भित्री वस्तीमा रहेको जनहित नन्दलाल माध्यामिक विद्यालयको पनि सरकारको भर्ना अभियान कै क्रममा निक्कै आकर्षण वढेको छ ।निजि विद्यालय छाडेर यो विद्यालयमा पढन आउनेहरुको संख्या अधिक वनिरहेको विद्यालयले जनाएको छ  । अहिले पनि यो विद्यालयमा मधेश प्रदेश र वागमती प्रदेश गरि ७ जिल्लाका विद्यार्थी अध्यण गरिरहेका छन ।विद्यालयका प्रधानध्यापक कुमार घिमिरेको अनुसार निजि विद्यालयवाट  अध्यण गर्न आएका विद्यार्थीहरुको गुणस्तरलाइ मापन गरी सोही अनुसार अध्यापन भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस