'आइएमई पे' बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १३ : ५८
'आइएमई पे' बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

काठमाडौं । “आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ।

आइएमई पेले सुरुवातदेखिनै केबलकारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबल कारबाट सुरुवात गरिएको टिकेटिङ् अन्तर्गत मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको समेत टिकट काट्न सकिने आईएई पेले जनाएको छ ।

आइएमई पेको यात्रा सेवामा केबल कारभित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस