काठमाडौ। राष्ट्रपति कार्यालय शितल निवास र सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सुनुवाइ गरिरहेको छ।बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको हो। बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।सिंहदरबार र राष्ट्रपति कार्यालय शितल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतका अधिवक्ता पदमबहादुर श्रेष्ठले वैशाख ४ गते रिट दर्ता गराएका थिए।
रिटमा काठमाडौं महानगरपालिका र मेयर बालेन्द्र शाहलाई समेत विपक्षी बनाइएको छ। फोहोर उठाउने निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रँदा रोग फैलिने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ।
स्थानीय र संघीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर काम गर्नुपर्ने दाबी रिटमा गरिएको छ।सर्वोच्चले सुुनवाइ सकेर अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ।सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा महानगरले फोहोर उठाउनुपर्ने छ। महानगरका प्रमुख शाहले सिंहदबारले आफूलाई सहयोग नगरेको भन्दै फोहोर नउठाउने निर्णय गरेका थिए।सिंहदरबार र राष्ट्रपति कार्यालय शितल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतका अधिवक्ता पदमबहादुर श्रेष्ठले वैशाख ४ गते रिट दर्ता गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारकै जग्गा अतिक्रमण
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
सिंहदरबारमा कति सवारी साधन जले ? (सूचीसहित)
आगजनी, तोडफोड र लुटपाटपछि सिंहदरबारलाई पुनः लयमा फर्काइँदै