निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, १६ : ४०
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री  प्रचण्ड

बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् । बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थल बनेपछि गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं । म तपाईंहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ,’ उनले भने, ‘गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ । गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्ध गरिनेछ ।’

प्रचण्डले नागरिकता समस्या मधेशको मात्र समस्या नभइ देशकै समस्या भएकाले यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस