निजगढ विमानस्थल सञ्चालनमा आउँछ : माधवकुमार नेपाल

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, १५ : ४८
निजगढ विमानस्थल सञ्चालनमा आउँछ :  माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।बिहीबार बारामा चुनावी सभालाई सम्बोधन गर्दै उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय रूपमा कसरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने त्यसका लागि पनि सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएपछि बारामा देखिएको समस्याहरू समाधान हुने उनले दाबी गरे ।नेपालीहरू एक हौं, बारावासी एक हौं भन्ने सन्देश दिनका लागि पनि योग्य व्यक्तिलाई मतदान गर्न उनले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस