बालेनविरुद्धको मुद्दा तीन दिनदेखि लगातार पेशीमा

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, १४ : ३२
बालेनविरुद्धको मुद्दा तीन दिनदेखि लगातार पेशीमा

काठमाडौं।सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार पनि पेशी चढेको छ । यसअघि लगातार दुई दिन पेशी चढे पनि हेर्न नभ्याइने भनेर स्थगित भएको थियो ।बिहीबार प्रकाशमानसिंह राउतको इजलासमा पेशी परेको छ । मंगलबार हरिकृष्ण कार्की र बुधबार सुष्मलता माथेमाको इजलासमा पेशी चढेको थियो ।

राउतको इजलासमा बिहीबार सुनुवाइ हुन बाँकी पेशीको १२औं नम्बरमा काठमाडौं महानगरपालिकाविरुद्ध पदमबहादुर श्रेष्ठले दायर गरेको रिट रहेको छ । आफूलाई सहयोग नगरेको भन्दै मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस