काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा सामेल हुने नेपाली काँग्रेसका मन्त्रीहरुको शपथग्रहण आज हुने भएको छ । कर्णालीमा एमालेले छाडेको ३ मन्त्रालयहरुमा काँग्रेसले आफ्ना मन्त्रीहरु पठाएको हो । उनीहरुले आजै शपथ लिने तयारी गरेका हुन् ।
उनीहरुले आज साढे १२ बजे सपथग्रहण गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको थियो । यी मन्त्रालयहरु पहिले एमालेले लिएको थियो ।
केन्द्र सरकारको समीकरण अनुसार नै प्रदेशस्तरमा पनि नयाँ गठबन्धन बन्न थालेको हो । काँग्रेसका नयाँ मन्त्रीहरुले बुधबार नै शपथ लिने भनिएतापनि आन्तरिक विवादका कारण शपथ हुन सकेको थिएन । नेकपा एमाले २०७९ चैत २६ गते कर्णाली प्रदेश सरकारबाट बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल