काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा सामेल हुने नेपाली काँग्रेसका मन्त्रीहरुको शपथग्रहण आज हुने भएको छ । कर्णालीमा एमालेले छाडेको ३ मन्त्रालयहरुमा काँग्रेसले आफ्ना मन्त्रीहरु पठाएको हो । उनीहरुले आजै शपथ लिने तयारी गरेका हुन् ।
उनीहरुले आज साढे १२ बजे सपथग्रहण गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको थियो । यी मन्त्रालयहरु पहिले एमालेले लिएको थियो ।
केन्द्र सरकारको समीकरण अनुसार नै प्रदेशस्तरमा पनि नयाँ गठबन्धन बन्न थालेको हो । काँग्रेसका नयाँ मन्त्रीहरुले बुधबार नै शपथ लिने भनिएतापनि आन्तरिक विवादका कारण शपथ हुन सकेको थिएन । नेकपा एमाले २०७९ चैत २६ गते कर्णाली प्रदेश सरकारबाट बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)