यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, ०७ : ४२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ७ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७९ पैसा र बिक्री दर १६३ रुपैयाँ ५४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस