राजस्थानमाथि लखनउको रोमाञ्चक जित

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, ०७ : १४
राजस्थानमाथि लखनउको रोमाञ्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले यस सिजनकै कम स्कोर डिफेण्ड गर्दै शीर्ष स्थानको राजस्थान रोयल्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ ।

यस सिजन चौथो जितपछि लखनउले राजस्थानसँग अंक बराबरी समेत गरेको छ । दुवैको ६ खेलबाट समान ८ अंक छ । तर नेट रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमै छ ।

पहिलो र दोस्रो स्थानको टोलीबीच भएको खेलमा दोस्रो स्थानको लखनउले १४४ रनको स्कोर डिफेण्ड गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको दखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । लखनउले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ४४ र अर्का ओपनर जोस बटलरले ४० रन बनाए । पहिलो विकेटका लागि यो जोडीले ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि दुवैलाई लखनउका मार्कुस स्टोइनिसले आउट गरेपछि राजस्थानको रन गति घटेको थियो । देतदत्त पडिकलले २६ रन बनाउदा रियान पराग १६ रनमा अविजित रहे ।

राजस्थानलाई जितबाट रोक्न लखनउका लागि आभेस खानले ३ र मार्कस स्टोइनसले २ विकेट लिए ।

त्यसअघि ओपनर कायल मेयर्सको अर्धशतक मद्दतमा लखनउले १५४ रन बनायो । लखनउका मेयर्सले ४२ बलमा ४ चौका तथा ३ छक्का मद्दतमा सर्वाधिक ५१ रन बनाए । कप्तान केएल राहुलले ३९ रन बनाए । मार्कस स्टोईनसले २१ र निकोलस पुरनले २० रन बनाए ।

प्रतिक्रिया दिनुहोस