काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ ।
उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्याइएर उपचार सुरु गरिएको छ ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वेदश फर्किए
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा
राष्ट्रपति पौडेलको कार्यभार उपराष्ट्रपति यादवलाई