फक्स न्युजले गलत रिपोर्टिङका लागि तिर्नुपर्‍यो १ खर्ब रुपैयाँ

सफल खबर संवाददाता

बुधबार, ०६ बैशाख २०८०, १२ : १०
फक्स न्युजले गलत रिपोर्टिङका लागि तिर्नुपर्‍यो १ खर्ब रुपैयाँ

एजेन्सी।फक्स न्युजले २०२० को अमेरिकी राष्ट्रपति चुनावको बारेमा रिपोर्टिङका लागि भोटिङ मेसिन कम्पनी डोमिनियनसँग चलिरहेको मानहानि मुद्दालाई सुल्झाएको   छ । यस विषयमा दुवै पक्षबीच सहमति भएको छ । अन्तिम समयको यो सम्झौतामा फक्स न्युज नेटवर्कले डोमिनियनलाई ७८७ मिलियन डलर (१ खर्ब रुपैयाँ) भुक्तानी गरेको छ ।

डोमिनियनको तर्क अनुसार च्यानलले आफ्नो रिपोर्टमा डोनाल्ड ट्रम्पको विरुद्ध मतदानमा धाँधली भएको दाबी गरेको थियो, यसले कम्पनीको व्यापारमा घाटा पुर्‌यायो । यो सम्झौता पछि, फक्स समूहका कार्यकारी रूपर्ट मर्डक अदालतमा उपस्थित हुनबाट बचे ।यस मामलामा गरिएको सम्झौतालाई न्यायाधीशको सहमति आवश्यक हुँदैन । एक बयानमा फक्स न्युजले अमेरिकाको हालैको इतिहासमा यो सबैभन्दा प्रत्याशित मानहानि मुद्दामध्ये एक भएको बतायो । मंगलबार भएको सम्झौताले ‘पत्रकारिताको उच्च मापदण्डप्रति उसको प्रतिबद्धता’ झल्काउँछ ।

डोमिनियनका मुख्य कार्यकारी अधिकारी जोन पाउलोसले एक प्रेस सम्मेलनमा फक्स न्युजले यो सम्झौतामा ‘झूट बोलेको, जसले कम्पनीलाई ठुलो नोक्सान पुर्‍याएको’ स्वीकार गरेको बताए ।डोमिनियनका वकिल जस्टिन नेल्सनले भने कि ‘सत्य महत्त्वपूर्ण हुन्छ ।’उनले भने, ‘झुटको परिणाम हुन्छ, दुई वर्ष अघि झुटो र मन गढन्ते कहानीले अमेरिका भरी डोमिनियन र चुनाव अधिकारीलाई एउटा यस्तो दुनियाँमा उभ्याइदियो जहाँ मानिसहरूले एक प्रकारको ‘कन्सपिरेसी थ्योरी’ बनाइरहेका थिए 

प्रतिक्रिया दिनुहोस