मानवअधिकार आयोगद्वारा मिटर ब्याजपीडितमाथि बल प्रयोग गरिएको प्रति ध्यानाकर्षण

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १५ : ५५
मानवअधिकार आयोगद्वारा मिटर ब्याजपीडितमाथि बल प्रयोग गरिएको प्रति ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा रहेका मिटरब्याज पीडितहरूमाथि प्रहरीले बल प्रयोग र धरपकड गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले घटनाको स्थलगत अनुगमन गरेको भन्दै शान्तिपूणर्ण धर्नामा रहेका मिटरब्याजपीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लागाइएको र सोही क्रममा झडप भएको भन्दै प्रहरीको उक्त दमनबाट अन्तर्राष्ट्रिय घोषणापत्र र नागरिकले मर्यादित रुपले विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्न पाउने अधिकारको गम्भीर उल्लंघन भएको जनाएको छ ।

आयोगले प्रदर्शनकारीहरुमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस