काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
काठमाडौं महानगरले सिंहदरबारभित्रको फोहोर नउठाएपछि आइतबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका हुन् ।दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटमा जनस्वास्थ्यमा गम्भीर असर परेको अधिवक्ता श्रेष्ठले भनेका छन् ।
काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारको असहयोगपछि सिंहदरबारको कुनै पनि फोहोर नउठाउने भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । गएको ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर व्यवस्थापन हुने सकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति