दाङ । दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए । एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ बैशाख २०८०, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु