काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल निगमले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढाएर नेवाल आयल निगमलाई पठाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेर आएको निगमको भनाइ छ ।
१५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५.७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ । निगमले सञ्चालक समितिको बैठक बसेर मूल्य बढाउने वा नबढाउने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आजदेखि कति पर्छ ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा चार र डिजेलमा पाँच रुपैयाँ
वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात