काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल निगमले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढाएर नेवाल आयल निगमलाई पठाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेर आएको निगमको भनाइ छ ।
१५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५.७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ । निगमले सञ्चालक समितिको बैठक बसेर मूल्य बढाउने वा नबढाउने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम
वीरगन्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, कति बढ्यो ?
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो