सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई १२ करोड रुपैयाँ अनुदान दिने, राखेपमार्फत रंगशाला बनाउने

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, २२ : १८
सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई १२ करोड रुपैयाँ अनुदान दिने, राखेपमार्फत रंगशाला बनाउने

काठमाडौँ । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुरस्थित गौतमबुद्घ अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणको ऋण तिर्ने प्रयोजनका लागि १२ करोड रुपैयाँ अनुदान दिने भएको छ । 

मन्त्रिपरिषदको गत चैत २० गतेको निर्णयअनुसार धुर्मुस सुन्तली फाउण्डेशनलाई रगंशाला निर्माणको ऋण तिर्न १२ करोड रुपैयाँ एकमुस्ट अनुदान राष्ट्रिय खेलकुद परिषदमार्फत दिने निर्णय भएको हो।  यससँगै निर्माणाधीन  क्रिकेट रगंशालाको स्वामित्व राखेपले लिने निर्णय भएको छ।

राखेपले रगंशाला निर्माणको बाँकी कार्य पुलचोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक सहयोगमा तत्काल टेन्डर आह्वान गर्ने पनि भएको छ। रगंशाला निर्माण सम्पन्न भए पछि गौतमबुद्घ अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने गरी तयारी थालिएको रापेपले जनाएको छ । 

यसँगै अव गौतमबुद्घ अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला बन्ने निश्चित भएको छ । रगंशाला निर्माणको गतिरोघ अन्त्य गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले समन्वयकारी, सुझबुझपुर्ण र नेतृत्वदायी भुमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस