बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका- ८ कालागाउँका एक युवकको हत्या भएको छ।
अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएकाे अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ।
थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या