एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले पाकिस्तानलाई १ अर्ब डलरको आर्थिक सहयोग गर्ने भएको छ पाकिस्तानका अर्थमन्त्रीले शुक्रबार यो जानकारी दिएका हुन्।
यसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट बेलआउट सर्तहरू पूरा गर्न नजिक पुर्याउनेछ।
अर्थमन्त्री इशाक दारले ट्वीटरमा भनेका छन्, ‘स्टेट बैंक अफ पाकिस्तानले अब यूएईका अधिकारीहरूबाट उक्त रकम प्राप्त गर्न आवश्यक कागजातहरू तयार गरिरहेको छ।’
साउदी अरेबिया र चीनपछि युएई पाकिस्तानलाई सहयोग गर्न अगाडि आएको तेस्रो राष्ट्र हो।
पाकिस्तानले ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १.१ बिलियन डलरको पर्खाइमा छ। जुन २०१९ मा काेषद्वारा अनुमोदित ६.५ बिलियन बेलआउट प्याकेजको एक हिस्सा हो।
सिपोर्ट ग्लोबल इएम क्रेडिट विश्लेषक हिमांशु पोरवालले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन्, ‘युएई सम्झौता सहयोगी हुनुपर्छ किनभने आइएमएफले पाकिस्तानलाई ‘मैत्री’ देशहरूबाट आर्थिक सहायता प्राप्त गर्न आवश्यक छ भनेर भनिरहेको छ।’
तर संकट अन्त्य हुन सकेको छैन। आइएमएफले पाकिस्तानले केही कुराको उल्लङ्घन गरिरहेको छ। उदाहरणका लागि वित्तीय घाटा ८.३% (जिडिपी) को अनुमानभन्दा झण्डै दोब्बर
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ बैशाख २०८०, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए