मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, १२ : ०२
मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन

पूर्वी नवलपरासी । गैंडाकोटको मौलाकालिका मन्दिरमा नयाँ वर्षको साइतमा केबलकार सञ्चालनमा ल्याइएको छ । १२ वटा  केबलकार रहेको यहाँ बिहान ६ बजेबाट साँझ ६ बजे सम्म केबुलकार सञ्चालन हुने छन् ।

एउटा केबुलकारमा एक पटकमा ८ जना चढ्न सक्ने व्यवस्था रहेको र ५ मिनेटमा मन्दिर पुगिने केबुलकारका इन्जिनियर गोकुल साउदले बताए । 'यो मौलाकालिका केबलकार नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त छ,' उनले भने ।

१ दशमलव २ किलोमीटर लामो दुरीको यो केबुलकारको भाडादर प्रतिव्यक्ति ५ सय ५० राखिएको छ । यो केबलकारमा आईएमई समूहको मुख्य लगानी छ । जसमध्ये ४९ प्रतिशत लगानी स्थानीयको रहेको छ ।आईएमई समूहले काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार स्थापना गरेको छ । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेकै अस्ट्रेलियन कम्पनीले यहाँ पनि काम गरेको हो । गैंडाकोट–१ धारापानीमा केबलबार चढ्ने र मन्दिर नजिक ओर्लने स्टेसन रहेका छन् । एउटा डब्बामा एक पटकमा ८ जना अट्ने क्षमता छ ।

 

प्रतिक्रिया दिनुहोस