दुई आत्मघाती गोल गरी बराबरीमा रोकियो युनाइटेड

एजेन्सी

शुक्रबार, ०१ बैशाख २०८०, ०८ : ०२
दुई आत्मघाती गोल गरी बराबरीमा रोकियो युनाइटेड

एजेन्सी । युरोपा लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा अन्तिम समयमा युनाइटेड लगातार दुई आत्मघाती गोल गर्न पुगेपछि स्पेनिस क्लब सेभियासँग २-२ गोलको बराबरीमा रोकिएको छ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा युनाइटेडले पहिलो हाफमानै २-० को अग्रता बनाएपनि दोस्रो हाफको अन्तिम समयमा समालिन नसक्दा लगातार दुई आत्मघाती गोल भएको थियो। युनाइटेडका लागि मार्सेल सबिटजरले दुवै गोल गरेको थियो।

म्यानचेस्टरका लागि सबिटजरले १४ र २१ औँ मिनेटमा गोल गर्दै सहज अग्रता दिलाएका थिए। तर अन्तिम ६ मिनेटभित्र सेभिल्लालाई युनाइटेडले दुई आत्माघाती गोल उपहार दियो। ८४ औँ मिनेटमा टारेल मलमासिया र इन्जुरी समयमा ह्यारी मगुरेले आत्माघाती गोल गरेपछि सेभियाले बराबरी गरेको हो।

त्यस्तै, अन्य खलमा युभेन्टसले स्पोर्टिङ सीपीलाई १-० ले पराजित गर्दा फेनोर्डले रोमालाई १-० ले पराजित गरेको थियो। दोस्रो लेगमा युनाइटेड २० अप्रिलमा सेभियाको मैदानमा प्रतिस्पर्धा गर्नै छ।

प्रतिक्रिया दिनुहोस