काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला