दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्छ : रघुजी पन्त

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १४ : ५५
दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्छ : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले दल पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक, कर्मचारीको भूमिका रहे पनि अहिलेको अवस्थामा त्यसमा पुनर्विचार गर्नुपर्ने भन्दै दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताए । ‘परिस्थितिले कानुनहरूमा केही परिवर्तन पनि खोज्छ । परिस्थितिले नयाँ कानुन निर्माणको आवश्यकता पनि देखाउँछ’, उनले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक कर्मचारीको ठुलो भूमिका पनि छ ।

त्यो भूमिकाको हामीले सराहना पनि गर्नुपर्छ । तर अब अहिलेको परिस्थितिमा उहाँहरूले विभिन्न दलगत ट्रेड युनियन कायम राख्ने कुरा कति उपयुक्त हुन्छ भनेर राजनीतिक दलहरूले पनि र मन्त्रीजीले कानुन बनाउँदा पनि सोच्ने अवस्था आयो ।उनले कर्मचारीहरूको दलीयकरणले समस्या ल्याएको पनि बताए । ‘चाहे शिक्षक होस् वा कर्मचारी दलपिच्छेका ट्रेड युनियनलाई खारेज गर्नुपर्ने अवस्था छ । किनभने कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ’, पन्तको भनाई छ । 

प्रतिक्रिया दिनुहोस