सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो ।
यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो । चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’