काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रमुख सत्तारुढ दल माओवादी केन्द्रले शान्ति प्रक्रियासँग सम्बन्धित अन्य राजनीतिक दल र विभिन्न सरोकारवाला पक्षहरूसँग आज अन्तरक्रिया गर्न लागेको हो ।
कार्यक्रम सोमबार (आज) दिउँसो प्रज्ञा भवन कमलादीमा हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनसम्बन्धी घटनालाई लिएर सर्वोच्च अदालतले दिएको आदेश र राष्ट्रिय मानवअधिकार आयोगलगायत संस्थाहरूले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पु¥याउन आग्रह गरेपछि सरकारले यससम्बन्धी विधेयक संसदमा लिएको छ ।
यसै विषयमा छलफल गर्न आज माओवादी धाराका सबै राजनीतिक दल र अन्य सरोकारवाला पक्षसँग माओवादी केन्द्रले छलफल गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै