काठमाडौं । नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थितिमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुवैलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मन्त्री बन्नेमा कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा रहेका छन् । लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छने भने तीर्थ खानेपानी तथा योजना मन्त्री बनेका छन् ।
प्रदेशका ११ मन्त्रालयमध्ये ४ मन्त्रालय माओवादीले सम्हालिरहेको छ भने आइतबार २ मन्त्रालय कांग्रेसले पाएको छ । बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !