६४ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, १६ : ५८
६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस