चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरूलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन । चितवन-२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरेनी सभालाई सम्बोधन गर्दै ३० वर्ष सरकारको नेतृत्व गर्नेहरूले युवाहरूलाई देशबाट पलायन गराएको उनको आरोप पनि छ । नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ ।
‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरूले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन ।’ उपनिर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको चुनावी सभाहरू सुरु हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
‘देशलाई विकास र सुशासन चाहिएको छ’ : रवि लामिछाने
कांग्रेस-एमालेको व्यवहारले फाइदै पुगेको छ: रबि लामिछाने