काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ । आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् ।
आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए । यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो । त्यसको आठ महिनापछि काठमाडौं पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहन वैद्यले पदबाट दिए राजीनामा, महासचिवमा सीपी गजुरेल नियुक्त
मोहन वैद्यको पार्टीले भन्यो– प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रघाती सम्झौता गर्न सक्छन्
प्रचण्डले लिए मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
राजावादीहरूले मैले जीवनभर गरेको संघर्षमाथि आक्रमण गरे : मोहन वैद्य
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप