काठमाडौं । सरकारले कोशीमा पहिचानवादीको आन्दोलन र विरोधको विषयमा प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी नामकरणपछि भइरहेको आन्दोलनलाई लिएर प्रदेशसँग वार्ता गरेर अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘नामाकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गर्ने र परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री शर्माले बताएकी छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादीको पदाधिकारी बैठकले यसअघि कोशीको पक्षमा मतदान गरेर कमजोरी भएको भन्दै पहिचानकै पक्षमा उभिने निर्णय गरिसकेको छ ।कोशीका १२ माओवादी सांसदले कोशीको पक्षमा प्रदेशसभामा भोट हालेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय