काठमाडौ । आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक आह्वान भएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
प्रतिनिधिसभा बैठक : बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची