काठमाडौं। प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
जसअनुसार पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने उल्लेख छ ।
साथै दोस्रो नम्बरमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरुको नाम मनोनयन गर्ने र तेस्रो नम्बरमा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा आपत्ति, सभामुखद्वारा बैठक स्थगित
दुई घण्टा ढिलो गरी संसद् बैठक सुरु, आज पनि विपक्षीको अवरोध
संसद् बैठक एक साताका लागि स्थगित