काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच शेयर प्रत्याभूति सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता हाईड्रोपावरले निष्काशन गर्न लागेको ५८ करोड ६० लाख रुपैयाँ शेयर पूँजी बराबरको एक सय रुपैयाँ दरको ५८ लाख ६० हजार कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि गरिएको जनाइएको छ ।
मंगलबा एक कार्यक्रमका बीच हाईड्रोपावर एसोशिएट्सका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र एसबिआई मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट््सका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख मार्केटिङ्ग विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, २० : ०६
लेखकबाट थप