तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन माग

सफल खबर संवाददाता

मंगलबार, २१ चैत्र २०७९, १४ : २२
तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन माग

काठमाडौँ । राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन माग गरेकी छन् । उनले यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् ।

मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । बहराईन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै उनले विश्वमा आफ्नो योेग्यता र सेवाबाट नेपाललाई चिनाउनु सबै नेपालीका लागि गर्वको विषय भएको स्पष्ट पारिन् ।

‘बहराईन सरकारको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनु भएको डा. सन्दुक रुइत हार्दिक बधाई ज्ञापन गर्दछु,’ सांसद साहले भनिन्, ‘विश्वमान चित्रमा नेपाललाई योग्यता र सेवाभावबाट चिनाउनु भएकोमा डा. रुइतमाथि हामी गर्व गर्दछौं । यस अनुकरणीय कार्यका लागि डा. रुइतप्रति आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हब बनाउन आर्थिक वर्ष २०८०÷८१ मा समावेश गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस