एजेन्सी । स्पेनिस ला लिगा अन्तरगत गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडविरुद्ध गोलको वर्षा गरेको छ ।
कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक पूरा गरेको खेलमा म्याड्रिडले घरेलु मैदानमा ६–० को सानदार जीत हासिल गरेको हो ।
खेलमा गोलको खाता भने २२औं मिनेटमा रोड्रिगोले खोलेका थिए । त्यसपछि बेन्जेमाले २९औं, ३२औं र ३६औं मिनेटमा गोल गरे ।
त्यसैगरी ७३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ५–० ले अघि बढाए भने त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा लुकास भास्क्वेजले थप गोल गर्दै रियललाई ६–० को सानदार जित दिलाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० चैत्र २०७९, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा
स्पानियोलसँग रियल म्याड्रिड पराजित
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता