कराँची कारखानामा भएको भागदौडमा १२ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १८ चैत्र २०७९, १३ : ११
कराँची कारखानामा भएको भागदौडमा १२ जनाको मृत्यु

एजेन्सी। कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्।निस्शुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो ।

उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ । 

प्रतिक्रिया दिनुहोस