काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
शुक्रबार एक उपप्रधानमन्त्री र १० मन्त्री थपिएका छन् । एक मन्त्रीको मन्त्रालय हेरफेर भएको छ । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेर आएका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् ।
यससँगै प्रचण्ड सरकारमा दुई उपप्रधानमन्त्री भएका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ १० पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका थिए ।
उनको मन्त्रालय भने फेरिएको छ । प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् । वरीयतामा भने श्रेष्ठ भन्दा खड्का अगाडि छन् । प्रचण्ड सरकारमा उनी दोस्रो वरीयतामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड