काठमाडौं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।
एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय अपिल गरेको छ ।
बोर्डले सबै प्रदेश, जिल्ला, बोर्डका शाखा कार्यालयहरू तथा गाउँपालिका महासंघ र नगरपालिका संघलाई पत्राचार गर्दै आवश्यक सहयोग र समन्वय मागेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक