काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले पार्टीको सो जिम्मेवारीबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।
पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक पदमा रहेर काम गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । आफू निर्वाचन संयोजक हुँदा पार्टीलाई थप क्षति हुने भएकाले राजीनामा दिएको कार्कीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, १४ : ५२
लेखकबाट थप