काठमाडौं । नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दावी गरेका छन । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । निर्णय गरेसँगै सञ्चरकर्मीहरुसँगको कुराकानीमा उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दावी गरे ।
उनले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप समेत लगाए । अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको उनले बताए।
उनले सभापति लामिछानेको पार्टी आफैँअस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारणहरु जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पष्ट बुझिसकेको बताए । नेता श्रेष्ठले वैशाख १० गतेको निर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दावी गरे ।
चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको नेता श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, १४ : ०२
लेखकबाट थप