चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताए । आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।
‘आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज नसकिए भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पनि मलाई लाग्छ, तपाईं हामी सबैको लागि खुसीको कुरा हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड