बारा–२ उपनिर्वाचनः उपेन्द्र यादवको नाम सिफारिस

सफल खबर संवाददाता

विहीबार, १६ चैत्र २०७९, ०८ : ११
बारा–२ उपनिर्वाचनः उपेन्द्र यादवको नाम सिफारिस

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपाले उपेन्द्र यादवको नाम सर्वसम्मत सिफारिस गरेको छ ।  बारा क्षेत्र नम्बर २ स्थित  क्षेत्रीय समितिले यादवको नाम सिफारिस गरेको हो ।

बुधबार बसेको क्षेत्रीय भेलाले अध्यक्ष यादवको नाम सिफारिस गरेको केन्द्रीय सदस्य योगेन्द्रराय यादवले जानकारी दिए । यादवले सत्ता गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बन्ने प्रयास गर्दै आएपनि जनमत पार्टीले पनि छुट्टै उम्मेदवारी दिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस