काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिए । उनकानुसार पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ ।
यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम छनोट गर्न गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गरिएको थियो । पार्टी अध्यक्ष नेपालले सरकारमा पार्टीको संलग्नताका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आजै साँझ छलफल गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने